काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिनु भयो । ‘उद्धारकार्य जारी छ, अहिलेसम्म ६ जनाभन्दा बढीको मृत्यु भएको पहाडीले जानकारी दिनु भयो ।
उहाँले गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको जानकारी दिनु भयो ।
उद्धारकार्य जारी रहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । घटनास्थलमा रहनु भएकी सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट चौलागाईंले शव संकलन गर्ने र घाइतेहरुलाई उद्धार गरेर अस्पताल पुर्याउने काम भइरहेको जानकारी दिनु भयो ।





