राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा प्रवेश


२१ असार २०७९, मंगलवार १२:०६ मा प्रकाशित

झापा । स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्वल्डन टेनिसको अन्तिम आठमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा गएराति भएको खेलमा नेदरल्यान्डका बोटिक भान डीलाई हराउँदै नाडाल क्वाटरफाइनलमा पुगेका हुन् ।

दोस्रो वरीयताका नाडालले बोटिकलाई ६–४, ६–२ र ७–६ को सेटमा हराए । नाडालको यो ३ सय ९औँ ग्रान्डस्लाम जित हो ।

कीर्तिमानी २२औँ पटकको ग्रान्डस्लाम विजेता नाडालले दुई पटक विम्वल्डनको उपाधि जितेका छन् । अब नाडालले अमेरिकाका टेलर फ्रिट्जसँग खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here