माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक स्थगित


२१ असार २०७९, मंगलवार ११:५७ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सरेको छ ।

आज बिहान ११ बजेबस्ने गरी बोलाइएको बैठकभोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

गएको आइतबारदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको भवनमा माओवादीको बैठक जारी छ।

आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्षिप्त राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमाथि सोमबार केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । त्यसक्रममा उठेका प्रश्नको आज प्रचण्डले जवाफ दिने कार्यसूची थियो ।

यही बैठकबाट पदाधिकारी चयन गर्नका लागि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिइरहेका छन् । पदाधिकारी चयनका विषयमा आज प्रचण्ड निवास खुमलटारमा नेताहरू अनौपचारिक छलफलमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here