लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ


२१ असार २०७९, मंगलवार ११:३६ मा प्रकाशित

मोरङ । मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका १ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो लागुऔषध सहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो ।

यसैगरी लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ बर्षीय राजु घिमिरेलाई बिभिन्न किसिमका लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक २० एम्पुल, एभिल २० एम्पुल, डाईजेल्याब २० एम्पुल र फेनरागन २० एम्पुल बरामद गरेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here