कांग्रेसको पदाधिकारी बैठक आज बस्दै


२१ असार २०७९, मंगलवार ०७:३३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भएको छ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठक बस्न लागेको हो।

सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक राख्नुभएको हो।

कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ।

कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ। निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापति देउवाले कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भए पनि अहिलेसम्म मनोनीत गर्नुभएको छैन।

विधानअनुसार छ महिनाभित्र मनोनीत गरिसक्नुपर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here