पेट्रोलियम पदार्थमा पुनः मूल्यबृद्धि


२१ असार २०७९, मंगलवार ०७:०७ मा प्रकाशित

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेको छ।

सोमबार साँझ आयल निगमले विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here