वर्तमान सरकार फाँसीवादी शैलीमा अघि बढ्योः सिपी गजुरेल


११ बैशाख २०८३, शुक्रबार १७:०० मा प्रकाशित


काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाउनुभएको छ । 


शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गर्नुभएको हो । महासचिव गजुरेलले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले सरकार नेपाली जनताको हितमा नभएको पनि बताउनु भयो । महासचिव गजुरेलले मुलुकलाई संकटबाट जोगाउन सबै क्रान्तिकारी, देशभक्त शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here