Wednesday, 04 November 2026
Suryodaya Online
१८ कात्तिक २०८३, बुधबार
विज्ञापन

इनम सापकोटा प्रकरण छानबिन गर्न संसदीय समिति बैठकको माग

Suryodaya Online१८ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । बिचौलिया इनम सापकोटासँग जोडिएका अडियो सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न विपक्षी दलहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरेका छन् ।

सापकोटासँग सम्बन्धित अडियो र त्यसले उठाएका विभिन्न प्रश्नबारे संसदीय तहबाट छलफल तथा छानबिन हुनुपर्ने विपक्षी दलहरूको माग छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले समितिका सभापति हरि ढकाललाई पत्र लेख्दै बैठक बोलाउन औपचारिक माग गरेका छन् । अन्य विपक्षी दलका नेताहरूले पनि अनौपचारिक रूपमा बैठकको माग गरेको बताएका छन् ।

शाहीले आफूले लिखित रूपमै बैठक बोलाउन माग गरेको जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘मैले लिखित रूपमा नै समितिको बैठक बोलाउन माग गरेको छु।’

समितिका सभापति ढकाललाई सम्बोधन गर्दै लेखिएको पत्रमा नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकार पक्राउ गरिएको विषय, राज्यशक्तिको दुरुपयोग भएको आरोप तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिएको घटनालाई गम्भीर रूपमा उठाइएको छ ।

यी घटनाले राज्यका निकायको कामकारबाही र सुशासनमाथि प्रश्न उठाएको भन्दै विपक्षी दलहरूले समितिमार्फत सम्बन्धित विषयमा छलफल र आवश्यक छानबिन हुनुपर्ने माग गरेका छन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private