Wednesday, 04 November 2026
Suryodaya Online
१८ कात्तिक २०८३, बुधबार
विज्ञापन

भारतीय विदेश सचिव मिश्री आज काठमाडौं आउँदै, नेपाल–भारत सम्बन्धबारे छलफल हुने

Suryodaya Online१८ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

भारतीय विदेश सचिव मिश्री आज काठमाडौं आउँदै, नेपाल–भारत सम्बन्धबारे छलफल हुने

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज दुईदिने औपचारिक भ्रमणका लागि काठमाडौं आउँदैछन् । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विषयमा विचार आदानप्रदान हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका क्रममा हुन लागेको मिश्रीको भ्रमणलाई दुई देशबीचको उच्चस्तरीय कूटनीतिक संवादका रूपमा हेरिएको छ ।

भ्रमणका क्रममा दुवै देशबीच लामो समयदेखि कायम रहेको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुनेछ ।

मिश्रीले नेपालका उच्चपदस्थ अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । उनी कात्तिक १९ गते बिहीबार भ्रमण सम्पन्न गरी नयाँदिल्ली फर्कनेछन् ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private