Wednesday, 04 November 2026
Suryodaya Online
१८ कात्तिक २०८३, बुधबार
विज्ञापन

आजको मौसम : तराईमा घाम लाग्ने, पहाडी र हिमाली क्षेत्रमा बादल

Suryodaya Online१८ कात्तिक २०८३Suryodaya Online TV0 प्रतिक्रिया

काठमाडौं । देशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा आज बिहानपख हुस्सु तथा कुहिरो लागेको छ । यद्यपि, दिउँसो अधिकांश स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहान तराईका केही स्थानसँगै उपत्यका र खोँचहरूमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

देशका हिमाली तथा पहाडी भू–भागमा भने दिउँसो आंशिक बदली रहने पूर्वानुमान छ । विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आगामी दुई दिन पनि मौसममा यस्तै अवस्था रहने देखिएको छ । बिहीबार र शुक्रबार कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बिहान हुस्सु तथा कुहिरो लाग्ने स्थानमा केही समय दृश्यता कम हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private