विप्लव छाडेका पुनसहित ६७ सदस्य माओवादी केन्द्रमा प्रवेश, प्रचण्डद्वारा स्वागत


१५ असार २०७९, बुधबार ११:५६ मा प्रकाशित

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा छाडेका सेती–महाकाली इन्चार्ज ओमप्रकाश पुनले माओवादी आन्दोलनलाई सही सावित गर्नका लागि माओवादीमा फर्किएको बताउनु भएको छ ।

बुधबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो ।
पुनसहित विप्लवको साथ छाडेर ६७ जना सदस्य माओवादी केन्द्रमा फर्किएका छन्।

 ‘हामी कुनै स्वार्थमा यहाँ समाहित हुन आएका होइनौं,’ पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता पुनले भन्नु भयो ‘माओवादी आन्दोलनलाई सही जनतामा सावित गर्ने उद्धेश्यका साथ हामी माओवादी फर्किएका हौं।’

आफूहरु अवसर लिनका लागि पार्टी प्रवेश नगरेको उहाँले प्रष्ट पार्नु भयो । ‘हामी शुद्ध मनले यहाँ आइपुगेका हौं । हामी अवसर लिन आएका होइनौं। हामीलाई जनतामा जान आएका हौं,’ उहाँले ‘हामीलाई फिल्डमा जान दिनुस्। अब हामी जवाफ दिने ठाउँमा पुगेका छौं।’

आफूहरुलाई दक्षिणपन्थी र अवसरवादको आरोप लागेपनि त्यसबाट पछि हट्न नुहने उनले बताउनु भयो ।
‘हामीलाई दक्षिणपन्थी र अवसरवादको आरोप लाग्नसक्छ । गाली बेइज्जती पनि हुनसक्छ,’ सम्बोधनको क्रममा उहाँले भन्नु भयो ।

, ‘राजनीतिमा रिस्क पनि लिनुपर्छ। अपमानित भएपनि यदि हामीले शुद्ध मनले गएपनि आन्दोलनलाई कमजोर गर्ने काम हामीबाट भएको छ भने आत्मालोचित हुनुपर्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here