स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु एक घाईते


१५ असार २०७९, बुधबार ११:४४ मा प्रकाशित

मोरङ । मोरङको रंगेली नगरपालिका ७ स्थितमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

हिजो दिउसो साढे ३ बजे माउन्टेन मकालु बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले स्कुलको गेट अगाडि सोहि स्कुलका बिद्यार्थी रंगेली ७ का महादेव मण्डलको ४ बर्षीय छोरा रितिक मण्डल र रंगेली ६ का नरेश मण्डलकी ५ बर्षीया छोरी सुनम कुमारी मण्डललाई ठक्कर दिदा घाईते भएका थिए ।

बसको ठक्करबाट घाईते भएका दुबै जनाको तत्काल उपचारको लागि टाईम्स अस्पताल रंगेली लगिएकोमा रितिकको अस्पतालमा पुर्याउनासाथ मृत्यु भएको थियो भने सुनमको बिराटनगर स्थित न्युरो अस्पतालमा थप उपचार भईरहेको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here