लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ


१५ असार २०७९, बुधबार १२:०६ मा प्रकाशित

मोरङको बिराटनगर महानगरपालिका १२ महेन्द्र मोरङ क्याम्पस अगाडिबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलवार बेलुका साँढे ५ बजे अस्थाई प्रहरी पोष्ट बखरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउदै गरेका बिराटनगर९६ का ४० बर्षीय नारायण महत्तोलाई चेकजाँच गर्ने क्रममा महत्तोको साथबाट ५ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका महतोको बयानको आधारमा लागुऔषध ओसार पसारमा सप्तरी हनुमाननगर९९ घर भई बिराटनगर९११ बस्ने २५ बर्षीय सुमन कुमार रायको समेत संग्लग्नता रहेको खुले संगै रायलाई सोही स्थानबाट स ३ प ५१८४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिईएको यो ।

यसरी ब्राउनसुगर सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here