घुस लिएको आरोपमा झापामा २ जना पक्राउ


१३ जेष्ठ २०७६, सोमबार १६:४२ मा प्रकाशित

झापा ।  कर्मचारीबाटै ३५ हजार घुस लिएको आरोपमा अख्तियारको टोलीले झापामा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

अख्यितार टोलीले भद्रपुर ८ स्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्रमा कार्यरत नायव सुब्बा राजकुमार धितालले कर्मचारीबाटै ३५ हजार घुस लिएको रकमसहित रंगेहात उनलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।केन्द्रका नायव सुब्बा धिताल घुस रकमसहित रंगेहात फेला परेपछि केन्द्र प्रमुख सुमेन्द्र मण्डललाई समेत अख्यितारको टोलीले नियन्त्रणमा लिएको छ ।

अख्यितार दुरुपयोग अनुसंन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट खटिएका प्रहरी निरीक्षक राजन कार्कीसहितको पाँच जनाको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इटहरी लगेको छ ।विद्युत जडान सम्बन्धित तालिम कार्यक्रमका लागि आएको एक लाख बजेट मध्येबाट ३५ हजार घुस लिएको उनीहरुमाथि आरोप ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here