विप्लव समूहद्वारा सोमबार नेपाल बन्दको आह्वान


१२ जेष्ठ २०७६, आईतवार २२:३९ मा प्रकाशित

प्रतिबन्धित नेकपा विप्लव समूहले सोमबार नेपाल बन्द आह्वान गरेको छ ।त्यही क्रममा आज राजधानीका विभिन्न स्थानमा बम राखेर विप्लव समूहले आतंकित बनाएको छ ।

भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको हो ।विप्लव समूहको संलग्नतामा राजधानीमा आज श्रृखलाबद्ध बम विस्फोट भएको छ ।सुकेधारा,घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ ।घटनामा ८ जना घाइते भएका छन् ।
सुकेघारास्थित एक शैलुनमा र घट्टेकुलोस्थित एक घरको कोठामा बिस्फोट भएको थियो ।सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा विप्लव समूहको संलग्नता भेटिएको छ ।

बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।मृतकको सनाखत हुन सकेको छैन ।

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ ।विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् ।खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।

कोटेश्वर नरेफाँटबाट प्रहरीले ७ जना विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम खुलाइएको छैन । स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले ४ वटा कुकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट एक बोरा पुल्ठो र ३ झोला पार्टीको पर्चा पनि बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here