झापा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोडमा गुड्दै गरेको टेम्पोमा आगलागी भएको छ ।
बजाज कम्पनीको मे १ ह ४५३४ नम्बरको टेम्पोमा आज अपरान्ह इलाका प्रहरी कार्यालय अनारमनी नजिकै आगलागी भएको हो ।
आगलागीबाट टेम्पो पूर्ण रुपमा जलेर क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।आगलागी हुनासाथ बिर्तामोड नगरपालिकाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।
टेम्पो चालक अर्जुनधारा ११ का खगेन्द्र बस्नेतले के कारणले आगलागी भएको भन्ने थाहा नभएको बताएका छन् ।





