सरकारकै कारण संघीयता खतरामा परेको गगन थापाको आरोप


११ जेष्ठ २०७६, शनिबार १८:०८ मा प्रकाशित

काठमाडौं ।  नेपाली काग्रेसका युवा नेता गगन थापाले संघीयता चलाउने क्षमता वर्तमान सरकारसंग नरहेको बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सरकारकै कारण संघीयता खतरामा परेको आरोप पनि लगाउनु भयो । उहाँले सरकार जनताको न्युनतम आवश्यकता पुरा गर्न पनि असफल रहेको बताउनु भयो ।

त्यस्तै वर्तमान सरकार गठन भएयता मुलुकको अर्थतन्त्र धरासयी भएको पनि उहाको आरोप छ । उहाँले अहिलेको परिस्थीतिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुको बिकल्प नरहेको धारणा राख्न ुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here