‘मिस नेवा कोशी’को फाइनलमा १६ जना


११ जेष्ठ २०७६, शनिबार १७:५८ मा प्रकाशित

मोरङ ।  आगामी जेठ ३२ गते विराटनगरमा आयोजना हुने ‘मिस नेवा कोशी’को फाइनल राउण्डमा १६ जना प्रतियोगिहरुले प्रवेश पाएका छन् ।

स्थानिय बिग होटलमा आज आयोजित अन्तिम अडिसनमा निर्णायकले सोधेका प्रश्नहरुको जवाफ दिँदै धरान,विराटनगर र इटहरीका १६ जना युवतीहरु फाइनल राउण्डमा प्रवेश गरेका हुन् ।अडिसनमा सहभागि प्रतियोगि समक्ष साहित्यकार सरिता तुलाधर,कवि एवम पत्रकार मिनकुमार नवोदित र मिस नेवा कोशीको यसअघिका उपाधि विजेता सुधा श्रेष्ठले प्रश्नहरु सोध्नु भएको थियो ।

मन्जिना मुभी क्रिएसनको आयोजनामा मिस नेवाको तेश्रो संस्करण यहि जेठ ३२ गते विराटनगरस्थित वीरेन्द्र सभागृहमा आयोजना हुन लागेको हो ।प्रतियोगिताका उपाधि विजेतालाई स्कुटी र ५ लाखको बिमा सहित क्राउन प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here