झापा । इलाका प्रहरी कार्यालय अनारमनी (विर्तामोड)का डिएसपी मोहनकुमार थापाले कानुन कार्यन्वयनमा आफु प्रतिवद्व रहेको बताउनु भएको छ ।
अनारमनी इन्चार्जको रुपमा विहिवार विर्तामोड आइपुग्नु भएका डिएसपी थापाले आज कार्यालयमा पत्रकार भेटघाटको आयोजना गर्दै आफु कानुनको विद्यार्थी समेत रहेकाले कानुन कार्यान्वयनमा आफु कुनैपनि दबाब तथा प्रभावमा नपर्ने बताउनु भयो ।विभिन्न आवरणमा हुने आपराधिक तथा अवाञ्छित क्रियाकलापलाई प्रहरीले नसहने भन्दै यसलाई न्युनीकरणका लागि आफु तयार रहेको धारणा राख्नु भयो ।विर्तामोडमा लागुऔषध,वेश्यावृति तथा गुण्डागर्दीका घटना समेत हुने गरेकोले यसलाई निर्मुल बनाउन योजनाकासाथ अघि बढ्ने उहाँको भनाई छ ।
विर्तामोडमा यस अघि जडान भएका सिसि क्यामेराको संरक्षण तथा जोड्न बाँकी रहेका ठाउँहरुमा नगरपालिकासंग समन्वय गरेर थप जडान गरीने भन्दै डिएसपी थापाले प्रहरी प्रविधिमैत्री हुनु पर्नेमा जोड दिनु भयो ।
झापा दमकका एक युवाले इलाका प्रहरी कार्यालय अनारमनी प्रमुखको कुर्सीमा वसेर खिचेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएपछी यस अघिका इलाका प्रमुख डिएसपी सुबास खड्कालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा तानिएको छ ।





