काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बरामद गरेको नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार दिउँसो ठूलो परिणाममा नक्कली भारतीय रुपैयाँसहित ६ जना पक्राउ परेको हो ।पक्राउ परेका व्यक्तिलाई नक्कली नोट सहित बिमानस्थलबाट रानीपोखरी लगिएको थियो ।दुई वटा व्रिफ केसमा बरामद नोट गणना गरेपछि प्रहरीले उनीहरुलाई रानी पोखरी लगेको हो ।
उनीहरु कतार एयरवेजबाट पाकिस्तानबाट नेपाल आएको प्रहरीले जनाएको छ ।भारतमा नोटबन्दी भएपछि २ हजार दरका नक्कली नोट यति ठूलो परिमाणमा फेला परेको यो पहिलो घटना हो ।





