एक्सपर्ट प्रधानमन्त्री कप क्रिकेट :प्रदेश तीनलाई हराउँदै एपीएफ विजयी


११ जेष्ठ २०७६, शनिबार १७:४५ मा प्रकाशित

काठमाडौं ।    एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायो । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले शतक बनाए पनि टिमलाई हारबाट बचाउन सकेनन् ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौ विकेट गुमाउँदै २ सय ८८ रन बनायो ।राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले अरु तीन दुई विकेट गुमायो ।उसका कप्तान शरद भेषवाकर १२ रनमा आउट भए भने आशिफ शेख सात तथा शंकर राना मात्र एक रनमा पेभेलियन फर्किए ।

तर त्यसपछि प्रदीप ऐरी र सुमित महर्जनले चौथो विकेटका लागि ७५ रनको साझेदारी गर्दै टिमको पारी सम्हाले । जसमा ऐरीले ४० रन बनाएर आउट भए ।त्यसपछि सुमितले पृथु बास्कोटासँग ९८ रनको दरिलो साझेदारी गरेपछि एपीएफको पारी बलियो बन्यो ।सुमित सतक बनाउनेबाट मात्र ६ रनले चुके ।उनले एक सय तीन बलमा ५ चौका र ६ छक्काको मद्दतमा ९४ रन बनाए ।यस्तै पृथुले ५८ बलमा ५९ रन बनाए ।जसमा तीन चौका र एक छक्का सामेल थियो ।यस्तै भुवन कार्कीले १५ रनको योगदान गरे ।

जवाफमा मध्यम सुरुवात गरेको प्रदेश तीनले ५० ओभरमा नौ विकेट गुमाउँदा २ सय ४७ रन मात्र बनाउन सक्यो । उसका लागि ज्ञानेन्द्र मल्लले एक सय १७ रन बनाए पनि टिमका लागि जित पर्याप्त बनेन । यस्तै कप्तान पारस खड्काले ४६ तथा रित गौतमले २७ रन बनाए ।उसका लागि जितेन्द्र शाही ठकुरीले १२ रन बनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here