कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेको छ ।
गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना पुग्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । योसँगै निर्मला हत्याकाण्ड विस्तारै सेलाउँदै गएको छ ।
सिआइबीसहित आधा दर्जन बढी प्रहरी टोलीले अनुसन्धान थाले पनि १० महिनासम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन सकेको छैन ।लामो समयसम्म दोषि पत्ता नलागेपछि अहिले आन्दोलन र दवावका कार्यक्रम पनि सेलाउँदै गएका छन् । निर्मला हत्याकाण्डमा सरकारले विभिन्न समिति बनाएर अनुसन्धान गरे पनि उपलब्धि हात पार्न सकेको छैन ।





