सिराहाको मिर्चैया नगरपालिकास्थित प्रयागपुर चोकमा गए राति बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
झापाबाट काठमाडौं जाँदै गरेको ना ८ ख ९८२ नम्बरको बस पश्चिमबाट आइरहेको ना ३ ख ४२६४ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा बसका चालक भोजपुरका हरीरण पहेली र झापाका मदनकुमार उप्रेती रहेको प्रहरीले जनाएको छ ।घटनामा २४ जना घाइते भएका छन् ।घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।





