कोठाभित्र थुनेर आमाछोरी माथी हतियार प्रहार,आरती चौहान गम्भिर घाइते


९ जेष्ठ २०७६, बिहीबार १०:४८ मा प्रकाशित

झापा ।  बुधवार राति नचिनेको मान्छेको समूहको धारिलो हतियार प्रहारबाट झापा मेचीनगर—१० प्रशंसा टोलकी ४३ वर्षीया महिला आरती चौहान बुढाथोकी घाइते भएकि छन् ।प्रहरीले उनको टाउको र निधारमा धारिलो हतियार प्रहार भएको अनुमान गरेको छ ।उनको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

घटनामा आरतीकी ८ वर्षीया छोरी अर्पणा घाइते भएकी छन् ।उनको घाँटीमा नीलडाम देखिएको र घाँटी थिचेको हुन सक्ने आशंका प्रहरीको छ । घाइते अर्पणाको धुलावारीस्थित आम्दा मेची अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

स्थानीयले घटनाका बारेमा विहानमात्र थाहा पाएका थिए । स्थानीयावासीका अनुसार घटना राति ११ देखि १२ बजेभित्र भएको हुनसक्ने अनुमान छ । उक्त घरमा ६१ वर्षीया सासु रमा बुढाथोकीसहित आरती र अर्पणामात्र बस्दै आएका थिए । उनका श्रीमान काजी भनिने ओमकुमार बुढाथोकी वैदेशिक रोजगारका लागि दुवईमा छन् । अर्पणा र रमालाई अर्कै कोठाभित्र राखेर ढोकामा बाहिरबाट चुुकुल लगाएर घटनामा संलग्नहरुले आरतीमाथि आक्रमण गरेको स्थानीयवासीले बताए ।

विहान अर्पणाले झयालबाट कराएर हारगुहार मागेपछि गाउँलेले ढोका खोली दिएका थिए ।बालिकाका अनुसार दुईजना नचिनेका मान्छे घरभित्र प्रवेश गरेका थिए । बालिकाले कहि कतै हल्ला गरे मार्ने धम्की दिदै कोठामा लगेर बाहिरबाट चुकुल लगाइदिएको वयान प्रहरीलाई दिएकिछन् । सासु रमादेवी प्यारालाइसिसले ग्रस्त छिन् ।

एकतले र १ भान्साकोठासहित २ वटा कोठा रहेको पककीघरको दक्षिणपटिको कोठामा आरती सुतेकी थिईन् । स्थानीयवासीले आरतीको कोठाको ढोका खोलेर हेर्दा नग्न र वेहोस अवस्थामा रगतमा डुविरहेको देखेपछि इलाका प्रहरी कार्यालय धुलावारीमा खवर गरेका थिए । घटनास्थल र इलाका प्रहरी कार्यालय धुलावारीको दुरी करीव ३ सय मिटररहेको गाउँलेको भनाई छ । समयमा प्रहरी नआएपछि गाउँले आफै प्रहरी कार्यालय पुगेका थिए । त्यसपछि गाउँलेको सहयोगमा आरतीलाई उपचारका लागि धुलावारीस्थित आम्दा मेची अस्पताल लगिए पनि उपचार सम्भव नभएपछि विर्तामोडस्थित विएण्डसी अस्पताल लगिएको टोल विकास संस्थाका अध्यक्ष समेत रहनु भएका गोकुल हुमागाईँले जानकारी दिनुभयो ।

आरतीको निधार र टाउँको गहिरो चोट छ । चोट धारिलो हतियारको भएको प्रहरीको भनाई छ । घटनामा संलग्नले अर्पणालाई घाँटी थिचेर हत्या प्रयास गरेको हुन सक्ने अनुमान गाउँलेले गरेका छन् । आरती नग्न अवस्थामा रगतमा डुवेको अवस्थामा भेटिएको गाउँलेले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको र तत्काल घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी कारवाही गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

प्रहरी उपरीक्षक मैनालीसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक महेश थापा इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी प्रमुखको टोली घटनास्थल पुगेको छ । घटनाका बारेमा कहि कतै सूचना प्राप्त भए वा अपराधिको पहिचान भए तत्काल प्रहरीलाई खवर गर्न प्रहरी उपरीक्षक मैनालीलले आग्रह गर्नुभएको छ ।अहिले शंकाष्पद नाकामा सादा पोशाकमा सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here