प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाई


५ असार २०७९, आईतवार १८:१७ मा प्रकाशित

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका कारण मन्त्री फेरबदलमा ढिलाई भएको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा बिभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलका क्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री र माओवादी केन्द्रका नेताहरुले आफ्नो पार्टीभित्र पनि मन्त्री फेरबदलको माग आइरहेकाले केहिदिन पर्खन भनेको र यसका कारण ढिलाई भएको बताउनुभएको हो । उहाँले ६ महिनाका लागि मात्र भनेर अहिलेका मन्त्री पठाएको र अव अन्यलाई मन्त्रीपरिषद्मा पढाइने धारणा राख्नुभयो ।

अध्यक्ष नेपालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा गहिरो गरी बुझेर आवश्यक निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो । देशभक्तिमा आँच पुग्ने, राष्ट्रिय हितमा कुठाराघात पुग्ने कुनै पनि काम नहुने भन्दै उहाले यस बिषयमा गठबन्धनमा बिस्तृत छलफल हुने उहाँले बताउनुभयो । नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच प्रभावकारी रुपमा तालमेल हुन नसकेको धारणा राख्नुभयो । गठबन्धन गर्न स्थानीय तहमा बढी पेचिलो भएको भन्दै उहाँले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहज हुने जिकिर गर्नुभयो ।

अध्यक्ष नेपालले पर्यटन मन्त्री प्रेम आलेको अडियो विवादमा बिषयमा बोल्दाखेरी विचार पु¥याएर मात्र बोल्नुपर्ने तर्क गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here