सांसद नारायण मिश्रद्धारा बिधेयक सम्बन्धी बिधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश


५ असार २०७९, आईतवार १६:३७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय सभाको बैठकमा बिभिन्न बिधेयक सम्बन्धी बिधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएका छन् ।

आइतबार बसेको बैठकमा विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य सांसद नारायण दत्त मिश्रले अध्यागमन बिधेयक, अनुगमन तथा मुल्याङ्कन बिधेयक, प्रतिलिपी अधिकार पहिलो संशोधन बिधेयक, बिद्युत बिधेयक पेश गर्नुभएको हो ।

त्यस्तै सार्वजनिक सेवा प्रसारण विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक–२०७७ तथा सुरक्षण मुद्रण सम्बन्धी विधेयक–२०७७ को विधायन व्यवस्थापन समितिका प्रतिवेदनहरु पेश भएको छ । त्यसअघि बैठकको बिशेष समयमा सांसदहरु बिभिन्न बिषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद अनिता देवकोटाले विकास सहायता परराष्ट्र नीतिलाई ख्याल गर्न सरकारलाई सुझाव दिनुभयो ।

त्यस्तै सांसद खिमलाल देवकोटाले सरकारका कामहरु पारदर्शी हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here