चट्याङ लागेर एक जना वृद्धाको मृत्यु


९ जेष्ठ २०७६, बिहीबार ०८:२७ मा प्रकाशित

पाँचथर ।   हिलिहाङ गाउँपालिका ५ सुभाङमा चट्याङ लागेर एक जना वृद्धाको ज्यान गएको छ ।  बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय ७५ वर्षीया सावित्रादेवी भण्डारीको ज्यान गएको हो ।

चट्याङ लागेर भण्डारीको घटना स्थलमै ज्यान गएको हो । घटनाको बारेमा अहिले जोरपोखरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here