सन्दिप लामिछानेले खेल्ने भए क्यारेबियन प्रिमियर लिग सिपिएल,७० हजार डलर पारिश्रमिक पाउने


९ जेष्ठ २०७६, बिहीबार ०८:१५ मा प्रकाशित

नेपालका बलर सन्दिप लामिछानेले लगातार दोस्रो वर्ष क्यारेबियन प्रिमियर लिग सिपिएल क्रिकेट खेल्ने भएका छन् ।

लेग स्पिनर सन्दिपलाई यसपटक बार्बाडोस ट्राइडेन्टले आफ्नो टोलीमा आबद्ध गरेको हो ।अघिल्लो सिजन उनले सेन्ट किट्स एन्ड नेभिल प्याट्रिएट्सबाट सिपिएल क्रिकेट खेलेका थिए ।यसपटक सन्दिप महंगो मुल्यमा आबद्ध भएका छन् । उनले ७० हजार डलर पारिश्रमिक पाउनेछन् ।सन्दिपसँगै ड्राफ्टमा परेका अन्य तीन नेपाली खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीमा भने कुनैपनि टोलीले चासो देखाएनन् ।

आगामी जुलाइ ११ देखि अगस्ट १६ सम्म हुने सीपीएल क्रिकेटमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here