बिर्तामोडको ‘जीवनआधार महिला कृषक समुह’लाई बाख्रा वितरण


१ असार २०७९, बुधबार २१:११ मा प्रकाशित

झापा । बिर्तामोड नगरपालिकाले बुधबार एक बोयर जातको बिउ बोका सहित ४६ वटा उन्नत जातका बाख्रा वितरण गरेको छ ।
वडा नम्बर ९ स्थित डाँडागाउँमा रहेको ‘जीवनआधार महिला कृषक समुह’लाई बाख्रा वितरण गरीएको हो । नगरको पशुपंछि तथा मत्स्य विकास शाखाको नियमित कार्यक्रम मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत बाख्रा वितरण गरीएको जनाइएको छ । वडा नम्बर ९ मै रहेको ‘लखिबारी युवा बाख्रा पालन समुह’ले दायित्व स्वरुप फिर्ता गरेको बाख्रा महिला कृषक समुहलाई वितरण गरीएको पशुपंछि तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिनु भयो ।


कार्यक्रमका प्रमुखअतिथि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कृषकहरुलाई बाख्रा वितरण गर्नु भएको हो । जिवन आधार महिला कृषक समुहकी अध्यक्ष आरती राजवंशीको अध्यक्षतामा आयोजित बाख्रा वितरण कार्यक्रममा वडा नम्बर ९का कार्यवहाक वडाध्यक्ष चन्द्रप्रसाद दंगाल,प्रेम भण्डारी पशु प्राविधिक निमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

बिर्तामोड नगरपालिकाले गत शुक्रवारमात्रै पनि वडा नम्बर ८मा रहेको किसानभिट्टा व्यवसायिक पशुपालन तथा कृषक समुहलाई एउटा बोयर जातको विउ बोको र ४५ वटा बाख्रा वितरण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here