त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना उद्धारको पूर्व अभ्यास


१ असार २०७९, बुधबार १८:४५ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार विमान दुर्घटना उद्धारको पूर्व अभ्यास गरिएको छ ।

सो क्रममा विमानस्थल कार्यालयले डमी विमानमा आगो लगाएर त्यहाँ रहेका यात्रुलाई सकुशल उद्धार गर्ने प्रयास गरेको थियो । आपत्कालीन अवस्थामा आउने सबै कामका लागि आफ्नो संयन्त्र तयारी अवस्थामा रहेको सन्देश दिन उक्त अभ्यास गरिएको विमानस्थलले जनाएको छ ।

पूर्व अभ्यासका क्रमका काल्पनीक रुपमा बिमान दुर्घटना र उद्दार लगाएतको डेमो गरिएको थियो । सो क्रममा तत्कालै दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेर घाइतेहरुको उद्दार समेत गरिएको थियो । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन भएका थिए । पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले दुर्घटनाको पूर्वतयारी र साधन स्रोतका साथै जनशक्तिको बिकासका लागि अभ्यास गरिएको जानकारी दिनुभयो ।

आइकाओको नियमअनुसार प्रत्येक दुई वर्षमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले यस खालको अभ्यास गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here