डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्‌का तार ‘अन्डरग्राउन्ड’ हुन्छः मेयर बालेन


२९ जेष्ठ २०७९, आईतवार ११:२८ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्‌का तार ‘अन्डरग्राउन्ड’ हुने बताउनु भएको छ ।

आइतबार बसेको कार्यपालिकाको बैठकमा मेयर शाहले सडक, विद्युत्‌ र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको उहाँले जानकारी दिनुभयो । विद्युत्‌ प्राधिकरणका तर्फबाट तार अन्डरग्राउन्ड गरिने प्रतिबद्धता आएको उहाँले बताउनु भयो ।

महिनाको पहिलो सोमबार सडक, विद्युत्‌, खानेपानीलगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबीच सहकार्यको समीक्षा गरिने शाहले बताउनुभयो ।

सडक, खानेपानी, विद्युत्‌ प्राधिकरणलगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजना अनुसार सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर शाहले प्रस्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here