आईसीसी विश्वकप लिग–२ : नेपाल र अमेरिकाको खेल बराबर


२९ जेष्ठ २०७९, आईतवार ०८:३२ मा प्रकाशित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अंक बाँडेका छन्। २ सय ७५ रनको लक्ष्य अमेरिकाले ५ विकेट गुमाएर २ सय ७४ रननै बनायो । ​

ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २७४ रन बनाएको थियो।

नेपालले आजको खेलमा बराबरी गरेसँगै एक अंक प्राप्त गरेको छ। यो अंकसँगै नेपालको १४ खेलबाट १३ अंक भएको छ। नेपाल पहिले खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो।​​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here