‘योगदान राष्ट्रका लागि’को रक्तदान कार्यक्रम


२९ जेष्ठ २०७९, आईतवार ०८:२१ मा प्रकाशित

झापा । योगदान राष्ट्रका लागि नामक सामाजिक संस्थाले योगदान दिवसको अवसरमा शनिबार बिर्तामोडस्थित मुक्तिचौकमा रहेको दुर्गा मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो समय झापा लगायतका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव देखिएकोले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका झापा जिल्ला अध्यक्ष प्रदिप कुमार संग्रौलाले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा ८३ जनाले रक्तदान गरेको सचिव सजु बुढाथोकीले जानकारी दिनुभएको छ ।

संस्थाका अध्यक्ष संग्रौलाको अध्यक्षता, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रैलाको प्रमुख आतिथ्यता त्यस्तै बिर्तामोड नगरप्रमुख पवित्रा महत्तरा प्रसाई, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेल, रेडक्रश झापा जिल्ला सभापति लोकराज ढकाल लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष डिल्लीराम पोख्रेलले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रम संगै संस्थाले तेस्रो स्थापना दिवसको अवसरमा बिर्तामोडस्थित परोपकार वृद्धाश्रमका माता पितालाई फलफुल र जुस वितरण गरेको संस्थाका प्रवक्ता विजय उप्रेतीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here