बिर्तामोड । नेपाल उद्यमशिल महिला संघ झापाले बिर्तामोड नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत सम्मान गरेको छ ।
शनिवार आयोजित एक कार्यक्रमका विच संघले नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला,वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई,वडा सदस्यहरु दुर्गा शिवाकोटी,मालती विश्वकर्मा,शान्ता रोक्का र ओमभक्त सेढाईलाई स्वागत सम्मान गरीएको हो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली, चेम्वर अफ कर्मस झापाका अध्यक्ष ओमकृष्ण विमली,अलैँचि व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको फुलमाला सहितले स्वागत सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले जनताका आशा अपेक्षा अनुसार जनमुखी कामहरु गर्ने बताउनु भयो । उहाँले नगरको वजेटको आकार सानो भएको हुँदा ठुला योजनाहरुको लागि प्रदेश तथा संघिय सरकारसंग माग गर्ने बताउनु भयो । यस्तै उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरको विकासका लागि सबै जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनु भयो । उहाँले सदैव नगरलाई भ्रष्टचार रहित पारदर्शी ढंगले काम गर्ने समेत प्रतिवद्वता जनाउनु भयो ।
कार्यक्रममा वडाध्यक्ष रोहित प्रसाई र वडा सदस्यहरुले नगरको विकासको लागि प्रतिवद्व भएर लाग्ने बताउनु भयो । नेपाल उद्यमशिल महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष ऐश्वर्य पाण्डेले गर्नु भएको थियो ।





