नाट्टा उत्कृष्ट सम्मान एवम पुरस्कार चरा खोजकर्ता देवेन्द्र खरेललाई प्रदान


२८ जेष्ठ २०७९, शनिबार २०:२९ मा प्रकाशित

यसवर्षको नाट्टा उत्कृष्ट सम्मान एवम पुरस्कार चरा खोजकर्ता देवेन्द्र खरेललाई प्रदान गरिएको छ ।
नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा प्रदेश नम्वर १ को शनिवार विर्तामोडमा सम्पन्न १० ओैँ वार्षिक साधारण सभाका अवसरमा खरेललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा र प्रदेश १ का अध्यक्ष उदयकुमार श्रेष्ठले संयुक्तरूपमा नगद ५ हजार रूपैयाँसहित सम्मान पत्र र दोसल्ला प्रदान गर्नुभएको थियो ।

प्रदेश अध्यक्ष श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्दैँ वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्ने अधिकाँश बक्ताहरूले पर्यटन व्यवसायीहरूको हक, हित अधिकार प्राप्तिका लागि आपसमा एकजुट भएर अघि बढ्न जोड दिनुभयो ।

वक्ताहरूले विविधकारणले दैनिकजसो पर्यटन व्यवसायीहरू पलायन भएकाले उनीहरूको समस्या पहिचान गरि समाधानकालागि सम्बन्धित पक्ष लाग्नु पर्नेमा जोड दिएका थिए ।

सरकारले हरेक वर्ष पर्यटनको क्षेत्रमा वजेट विनियोजन गरे पनि ठोस रूपमा कार्यन्वयन नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here