पत्रकार उपचार कोषमा उप्रेती परिवारद्वारा १ लाख १ हजार सहयोग


२८ जेष्ठ २०७९, शनिबार १९:०३ मा प्रकाशित

दुर्गापुर । झापा कनकाई–६ चम्पापुरका चिरञ्जीवी र ईश्वरादेवी उप्रेतीले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि एक लाख एक हजार रुपैयाँ प्रदान गर्नु भएको छ ।

शनिवार चिरञ्जीवी–इश्वरादेवी उप्रेती अक्षयकोष घोषणा समारोहमा उप्रेती दम्पत्तिले महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरी र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उक्त रकम प्रदान गर्नु भएको हो ।

अक्षयकोषका संरक्षकसमेत रहुनु भएका चिरञ्जीवी उप्रेतीले नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै आफ्नो तर्फबाट पनि कोषमा योगदान गर्न सहयोग गरेको बताउनु भयो ।

महासंघका अध्यक्ष गिरीले कोषमा सहयोग गरेकोमा उप्रेती परिवारप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

 चिरञ्जीवी र ईश्वरादेवी अक्षयकोषका अध्यक्ष एकराज उप्रेतीले पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनु भयो । झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै सहभागीले प्रशंसा गरेका थिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–६ का वडाअध्यक्ष दीर्घ थापा लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार राम निरौलाले गर्नु भएको थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको महासंघ झापा शाखाका कोषाध्यक्ष रञ्जित प्रसाईंले जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here