काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालिन समाधान खोज्दैछौंः उपप्रमुख डंगोल


२८ जेष्ठ २०७९, शनिबार १५:१२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंको फोहर व्यवस्थापनको दीर्घकालिन समाधान खोजिने बताउनुभएको छ ।

शनिबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भएपनि दीर्घकालिन समाधान खोजिने भन्दै विभिन्न योजनाहरु तयार भइरहेको बताउनुभयो ।

उहाँले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइदिनपनि पनि आग्रह गर्नुभयो ।

उहाँले फोहर व्यवस्थापनका गरेको प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here