सामाजिक सञ्जालबाट अश्लिल भिडियो सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ


२७ जेष्ठ २०७९, शुक्रबार १८:४० मा प्रकाशित

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियोतस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका १ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेकोले आरोपमा विकेशलाई धुलिखेल नगरपालिका ६ बाट बुधबार र महिलाको तस्वीर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here