एमाले सांसद भट्टराईद्वारा बिर्तामोडका नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना


२७ जेष्ठ २०७९, शुक्रबार २१:०५ मा प्रकाशित

झापा । नेकपा एमालेका सांसद तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले बिर्तामोड नगरपालिकामा नवनिर्वाचित नगरप्रमुख र उपप्रमुखलाई बधाई तथा शुभकामना दिनु भएको छ ।

शुक्रवार नगरपालिकाको कार्यालयमै उपस्थित भएर सांसद भट्टराईले नगरप्रमुख पवित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गर्नु भएको हो । भेटघाटका क्रममा नगरप्रमुख प्रसाईले बिर्तामोड नगरपालिकाको हालको अवस्थाको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो । सांसद भट्टराईले नगरको विकासका लागि आफुले सदैव सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

भेटघाट कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,समाजसेवी गोपाल लकान्द्री लगायतको उपस्थिति रहेको थियो । एमाले सांसद तथा पूर्वमन्त्री भट्टराईलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here