पाँचथर । फोहोर ब्यवस्थापन हुन नसक्दा पाँचथरको फिदिम नगरपालिका वडा न.४ थाक्लेबासीको स्वास्थ्यमा समस्या हुन थालेको छ ।
फोहोर लाई एकत्रित नगरी थुपारिन्दा वातावरण दुर्गन्धीत भएको भन्दै स्थानीयबासीले नगरपालिकामा ब्यवस्थापनको लागि माग गर्दै आएका छन् । पाँचथर जिल्लाको फिदिम बजारको फोहोर ब्यवस्थापनको लागि उचित प्रबन्ध नहुँदा दुर्गन्धले स्वास्थ्यमा असर पारेको स्थानीयबासीले गुनासो गर्दै आएका छन् । कृषि उपयोगी प्राराङ्गरीक मल बनाउने भन्दै जग्गा खरीद गरेर बजारको फोहोर थुर्पाने स्थान बनाएर बस्ती दुर्गर्धित बनाएको स्थानीयबासीले गुनासो गर्दै आएका छन् ।
फिदिम बजारको एकमात्र फोहोर ब्यवस्थापन गर्ने स्थान थाक्ले हो । नगरपालिका ४ नम्बर वडाको थाक्लेमा पुर्याइने फोहोर ब्यवस्थीत नहुँदा वातावरण दुर्गन्धीत बनाएको पटक पटक उजुरी आएपछि नव निर्वाचीत नगर प्रमुख र उप्र प्रमुखको टोली ल्याण्डफिल्ड साइड अवलोकन गरीएको हो । अब्यवस्थीत क्षेत्र चाडै ब्यवस्थापन गर्न टहरा र फाहोर ब्यवस्थापन उपकरण स्थापना गरी दुगन्र्ध रहित बनाउने नगर प्रमुख मित्र प्रसाद काफ्लेले जानकारी दिनुभयो ।
नगरपालिकाले आगामी कार्यक्रममा बजेट विनियोजन गरी फोहोर लाई ब्यबस्थापन गर्दे मोहोरको रुपमा परिणत गर्ने जनाएको छ । नगरले फोहोरलाई पुन उपयोगमा ल्याउन सकिने उपकरण जडान गरी रोजगारको थलो बनाउने जनाएको छ ।