निजी क्षेत्रका शौचालय सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए सम्पर्क गर्न सूचना जारी


२२ जेष्ठ २०७९, आईतवार १०:२२ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिने भए एक साताभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ ।

गैरसरकारी संघ–संस्था, व्यापारिक भवन, होटेल, रेस्टुरेन्ट, बैंक, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायीलगायत निकायका लागि सूचना जारी गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले कार्यपालिकाको पहिलो बैठकमा होटेल, रेस्टुरेन्टका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्ने निर्णय गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here