झापाको धुलाबारी बजारको एक पसलमा भीषण आगलागी


२२ जेष्ठ २०७९, आईतवार ११:२७ मा प्रकाशित

झापा । झापाको धुलाबारी बजारमा भीषण आगलागी भएको छ।

धुलाबारी बजारमा रहेको पाथिभरा भेराइटिजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तर आगलागीबारे बिस्तृत जानकारी आइनसकेको झापाका प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो।

अहिले मेचीनगर नगरपालिका तथा आसपासका नगरपालिकाका दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

आगलागी नियन्त्रणमा स्थानीयबासी पनि खटिएका छन्।

प्रहरीका अनुसार आगो अन्यत्र फैलिन जोखिम कम भएको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here