भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु


२२ जेष्ठ २०७९, आईतवार ०७:१५ मा प्रकाशित

काठमाडौं । रुपन्देहीको भैरहवा-परासी सडकखण्डमा पर्ने रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परि २३ जना घाइते भएका छन्।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खस्दा ३२ जना घाइते भएका थिए।

गम्भीर घाइतेमध्ये ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भीम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खसेर घाइते भएकाहरूको भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो।

बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here