दुर्गा प्रसाईद्वारा हल्दिवारीबाट एक युवाको उद्धार


६ बैशाख २०७९, मंगलवार ११:४२ मा प्रकाशित

बिर्तामोड । आर्थिक अभावका कारण उपचार गर्न नसकेका हल्दिवारीका एक युवालाई विएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले हल्दिवारीबाट उद्धार गरेका छन् । हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले घरको आँगनमै बाँधेर राख्दै आएका थिए ।

गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो दिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च विएण्डसीले व्यहोर्ने प्रसाईको भनाई बताए ।

हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए ।

छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो समेत पोखेका छन् ।

गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here