विराटनगरमा आगलागी, हुँदा चार पसलमा क्षति


६ बैशाख २०७९, मंगलवार १२:२० मा प्रकाशित

मोरङ । विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गएराति आगलागी हुँदा चार पसलमा क्षति पुगेको छ ।

विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल र किराना पसल आगलागीबाट जलेर नष्ट भएको हो।

विराटनगरका तीन र दुहवी नगरपालिकाको एउटा आगो निभाउने यन्त्र, प्रहरी र नागरिकको सहयोगमा आज बिहान २ बजे आगो निभाइएको कार्यालयका फायरम्यान चौधरीले जानकारी दिनुभयो।

आगो कसरी लाग्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको चौधरीले बताउनुभयो ।

आगो नियन्त्रणका क्रममा कार्यालयका तीन कर्मचारी घाइते भएका र उनीहरुको स्थानीय म्याक्स अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here