काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुने प्रवक्ता डाक्टर प्रकाशरण महतले जनाकारी दिनुभयो ।
बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनसम्बन्धी छलफल केन्द्रित हुने छ।
जहाँ उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेसले उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ।
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ ।





