इलाम। अदालतले गरेको फैसला इलाम नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै इलामका एक ब्यवसायीले दुख ब्यक्त गर्नु भएको छ ।इलाम बजार ट्याक्सी स्टे्न्डमा सञ्चालित निजि साजेदारीमा पसल सञ्चालन गर्न कोठा भाडाको सहमती कार्यान्वयनमा जालसाझी गरेको भन्दै इलामका ब्यवसायी कुमार लिम्बूले दुख ब्यक्त गर्नु भएको हो ।
इलाम नगरपालिकाले सहमती कार्यान्वयन नगरेपछि उहाँले उच्च अदालत बिराटनगर इलाम इजलासमा मुद्धा दायर गर्नु भएको थियो ।सो फैसला आफ्नो पक्षमा भएपनि इलाम नगपालिकाले उल्टै मानसिक तनाव दिएको उहाँको भनाई छ । इलाम बजारमा निर्माण भएको मासु पसलमा इलाम नगरपालिकाले जारी गरेको सूचना बमोजिम नै काम गरे पनि पछि किर्ते कागज बनाएर आफुमाथी अन्याय गरेको उहाँले इलाम सदरमुकाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराउनुभयो ।
नगरपालिका जस्तो संस्थाले एक ब्यक्तिमाथी बिभिन्न किसिमका जालसाँझी रच्नु अनौठो भएको उहाँको भनाई छ । नगरपालिकासँग भएको सम्झौता कार्यान्वयन नभएपछि अदालतमा आफुले मुद्धा दायर गरेको पछि उल्दै नगरपालिकाले झुटा कागज पेश गर्दै किर्ते गरेको अदालतले समेत ठहर गरेको पिडित लिम्बूको भनाई छ ।
झुटा कागज बनाएको भन्दै अदालतले इलाम नगरपालिका बिरुद्ध फैसला गरेको भएपनि फैसला कार्यन्वयन नगरी अनावश्यक दुख दिएको उहाँको भनाई छ । फैसला भएको ५० दिन हुँदा पनि आफुले न्याय नपाएको उहाँको दुखेसो छ । पछि अदालतको फैसला कार्यान्वयन गर्नु भन्दै अदालतले पत्र लेखेको २८ दिनपछि पनि आफुले न्याय नपाएको लिम्बूको भनाई छ ।
निजि साझेदारीमा ब्यवसायिक भवन निर्माण गर्न सुरुमा इलाम नगरपालिकाले २०७६ माघ १३ गते सूचना जारी गरेको थियो । पछि दुई पटक सोही महिनाको १६ र २८ मा पुन सूचना जारी गरेपछि आफुले माघ २८ गते टेण्टर अनुसार प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो ।
पछि बढाबढमा आफुले सो सटर पाएको र सोही अनुसार किस्ता बापतको रकम जम्मा गरेको उहाँले बताउनुभयो । आफ्नो पक्षमा इलाम नगरपालिकाले ०७६ फागुन १५ गते कोठा स्वीकृत गरेको भन्ने पत्र आएको र आफुले ०७६ फागुन १५ गते ६० हजार रकम जम्मा गरेको उहाँको भनाई छ ।
पछि दोस्रो र तेस्रो किस्ता क्रमस ०७७ जेठ २८ र ०७७ पुष १४ गते गरेर किस्ता बापतको रकम जम्मा गरेको उहाँले बताउनुभयो ।





