एएफसी एसिया कप छनोटको लागि राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु


२ बैशाख २०७९, शुक्रबार १०:५८ मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीका लागि प्रशिक्षण सुरु गरेको छ ।

नेपाली टोलीले शुक्रबार बिहानदेखि दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

पहिलो दिन २४ खेलाडी प्रशिक्षणमा आएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

कप्तान किरण चेम्जोङ उपस्थित नभएको एन्फाले जनाएको छ ।

छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ ।

दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here