ललितपुर । ललितपुर कोन्ज्योसोम गाउँपालिका–५ भारदेउकी ७२ वर्षीया कान्छीमाया लोप्चनको आगलागीमा परेर मृत्यु भएको छ ।
प्रहरीकाअनुसार बुधबार राति विद्युत सर्ट भई स्थानीय जयबहादुर लोप्चनको घरमा आगलागी हुँदा कान्छीमायाको मृत्यु भएको हो ।
आगलागी थाहा पाएपछि घरका अन्य सदस्य निस्किन सफल भएको र कान्छीमाया भाग्न नसक्दा घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी शिद्धिविक्रम शाहले बताए ।





