४ लाख नगदसहित १७ जुवाडे पक्राउ


१ बैशाख २०७९, बिहीबार १८:२६ मा प्रकाशित

दमक । दमक नगरपालिका–१ बाट इलाका प्रहरी कार्यालय दमकको टोलीले ४ लाख २७ हजार ६ सय रुपैयाँ सहित १७ जनालाई जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

प्रहरीले भद्रपुर नगरपालिका– ७ का युवराज न्यौपाने, भद्रपुर–९ का दिलबहादुर राई, भद्रपुर–१० का ठाकुरप्रसाद निरौला, बिर्तामोड नगरपालिका–१ का तीर्थ अधिकारी, गौरादह नगरपालिका– ५ का हरि कोइराला, कमल गाउँपालिका–४ का सुबिन्द्र सुब्बा, कनकाई नगरपालिका–३ का मोहन बराल, सोही ठाउँका सुनिल साह, मोरङको ग्रामथान–४ का लक्ष्मीप्रसाद अधिकारी, ग्रामथान– ५ का नैनकुमार चौधरी र ग्रामथान– ६ का रुपेश तामाङलाई नियन्त्रणमा लिएको थापाले बताए ।

त्यस्तै‚ मोरङको पथरी शनिश्चरे नगरपालिका– ४ का बलराम बस्नेत, पथरी शनिश्चरे– १ का गंगाराम मगर, बेलबारी नगरपालिका– ११ का निशान पोखरेल, दमक–७ का कर्ण राई, सोही ठाउँका राजन दाहाल र दमक–३ का विनोद थेबे रहेको डिएसपी थापाले जानकारी दिए ।

नियन्त्रणमा लिएका १७ जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here